बैशाख १५, २०७८ बुधबार

एजेन्सी।   भारतमा जारी ईण्डियन प्रिमियर लिग(आईपिएल)मा गय राती सम्पन्न खेलमा साविक उपविजेता दिल्ली क्यापिटल्सलाई १ रनले रोमान्चक रुपमा पराजित गरि रोयल च्यालेन्जर्स बेंग्लोर अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। 

टस हारी पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १७१ रन बनाएको थियो ।उसका लागि एबिडि भिलियर्सले ७५ रनको महत्वपुर्ण पारी खेले भने रजत पाटीदारले ३१,ग्लेन म्याक्सवेलले २५ रनको पारी खेले। दिल्लीका लागि ईशान्त शर्मा,आवेश खान,कागिसो रवडा,अमित मिश्रा र अक्सर पटेलले समान १/१ विकेट लिए। 

१७२ रनको लक्ष्य पछ्याउदै ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित ओभरमा मात्र १७० रन मात्र बनाए पश्चात बेंग्लोरले सो खेल १ रनले रोमान्चक रुपमा जित्यो। दिल्लीका कप्तान रिषभ पन्त तथा शिमरन हिटमायरले अर्धशतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। पन्त ५८ र हिटमायर ५३ रनमा अविजित रहे। बेंग्लोरका हर्षल पटेलले २ तथा कायल जेमिन्सन र मोहम्मद सिराजले समान १/१ विकेट लिए।