क्यानडाको ब्राम्पटनमा बस्ने २१ वर्षीया सिख युवतीको गोली हानी हत्या गरिएको छ । प्रहरीले यो ‘टारगेट किलिङ’ हुन सक्ने आशंका गरेको छ ।
टोरन्टो सनको समाचार अनुसार ती युवतीमाथि तीव्र गतिमा गोली चलाइएको थियो । पिल क्षेत्रीय प्रहरीका अनुसार उक्त हमला मिसिसाउगा ग्यास स्टेशन नजिकै भएको हो ।
अधिकारीहरूका अनुसार ती महिलाको पहिचान पवनप्रीत कौरको रूपमा भएको छ, जो ग्यास स्टेशनमा नै काम गर्थिन् ।
एक प्रत्यक्षदर्शी मार्क स्यान्डोभलले टोरन्टो सनलाई भने, ‘हामीले आक्रमणकारीले पीडितको निधारमा बन्दुक राखेको देख्यौँ ।’
केही अन्य प्रत्यक्षदर्शीका अनुसार महिलालाई तीनदेखि चार पटक गोली लागेको थियो ।