माघ ३०, २०७७ शुक्रबार

धनगढी
अत्तरिया सिटि क्लवको आयोजनामा क्रीकेट नगरी अत्तरिया क्रीकेट मैदानमा आजबाट सुरु भएको अत्तरिया सिटि क्लव र कैलाली जिल्ला क्रीकेट क्लवबीचको ३ एकदिवसीय सिरिजको पहिलो खेलमा कैलाली जिल्ला क्रीकेट क्लवले टस जित्दै पहिला ब्याटिङको निर्णय लिएको हो।फलस्वरूप,कैलाली जिल्ला क्रीकेट क्लवले निर्धारित ४० ओभरको खेलमा २० ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्रै ८४ रन जोड्न सक्यो।ब्याटिङतर्फ कैलाली जिल्ला क्रीकेट क्लवका लागि गोविन्द बिष्टले २७ बलमा सर्वाधिक १९ रन बनाउदा विजय गुप्ता ३१ बलमा १२ रन तथा सुबास थापाले २६ बलमा ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।बलिङतर्फ अत्तरिया सिटि क्लवका कप्तान योगेश भाटले ५ ओभरमा २३ रन खर्चंदै सर्वाधिक ४ विकेट लिन सफल हुँदा जित साउँदले पनि ७ ओभरमा २९ रन खर्चंदै महत्त्वपूर्ण ३ विकेट हात पारे।
    ८५ रनको झिनो विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको अत्तरिया सिटि क्लवले निर्धारित ४० ओभरको खेलमा मात्र ६.४ ओभर खेल्दै ३ विकेटको क्षति ८८ रन बनाउदै ७ विकेटको जित आफ्नो नाममा दर्ता गराउदै सिरिजमा १-० ले अगाडि रहन सफल भएको छ।ब्याटिङतर्फ अत्तरिया सिटि क्लवका कप्तान योगेश भाटले २२ बलमा सर्वाधिक ४४ रन प्रहार गर्दा निरज भट्टले पनि ११ बलमा १५ रन जोड्न सफल भए।बलिङतर्फ कैलाली जिल्ला क्रीकेट क्लवका किशोर आचार्य १ ओभरमा १० रन,सुदिप जोशीले १ ओभरमा १२ रन तथा रविन रावलले ०.४ ओभरमा १० रन खर्चंदै समान १/१ विकेट लिन सफल भएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकेनन्।
     अत्तरिया सिटि क्लव र कैलाली जिल्ला क्रीकेट क्लवबीचको ३ एकदिवसीय सिरिजको पहिलो खेल अत्तरिया सिटि क्लवले ७ विकेटले जित्दै सिरिजमा १-० ले अगाडि रहन पुगेको छ।उक्त खेलको म्यान अफ दी म्याच अत्तरिया सिटि क्लवका कप्तान योगेश भाट घोषित हुन सफल भएका छन।
    अत्तरिया सिटि क्लव र कैलाली जिल्ला क्रीकेट क्लवबीचको ३ एकदिवसीय सिरिजको दोश्रो एकदिवसीय खेल आउदो आइतबार बिहान ०९:०० बजे अत्तरिया क्रीकेट मैदानमा हुने अत्तरिया सिटि क्लवका कप्तान योगेश भाटले जानकारी गराउनुभएको छ।