बैशाख १५, २०७८ बुधबार

तस्बिर - गूगल

काठमाडौं : आज (बुधबार) बिहान भूकम्पको सामान्य धक्का महसुस गरिएको छ ।

काठमाडौंलाई केन्द्र बनाएर ३.५ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान १ः५९ बजेतिर कलंकी केन्द्र बनाएर भूकम्प गएको हो । केन्द्रका अनुसार यो २०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर गएकै भूकम्पको पराकम्प हो ।