मंसिर २१, २०७९ बुधबार

नेपाल सरकारको प्राथामिकता प्राप्त धनगढी दिपायल द्रुतमार्गको काम रोकिएको छ ।

चालू आर्थिक वर्षका लागि बजेट विनियोजन नभएपछि ठेक्का लागेर आधा काम भइसकेको खण्डको काम रोकिएको हो ।धनगढी दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७९–०८० का लागि नेपाल सरकारले आयोजनाको पूँजीगत शीर्षकमा बजेट विनियोजन नगरेपछि ठेकेदार कम्पनीले काम रोकेको हो ।


सो मार्ग अन्तर्गत धनगढी स्याउले १३।४ किलोमिटर, स्याउले हाटखोली ६।५ किलोमिटर र दिपायलदेखि धागढीतर्फ १५ किलोमिटर ठेक्का लगाएर कालोपत्रे गर्ने कार्य भइरहेको थियो । तर बजेट विनियोजन नभएपछि निर्माण कम्पनीलाई आयोजना कार्यालयले रकम भुक्तानी गर्न नसक्दा निर्माण कम्पनीहरूले काम रोकेका हुन् ।