प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बिहीवारदेखि कैलालीको धनगढीमा शुरू हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने भएका छन् ।
महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघद्वारा मंगलवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्पराज कुँवरले प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने महोत्सवको तयारी अन्तिम चरमा पुगेको जानकारी दिए ।
महोत्सव उद्घाटन समारोहमा विभिन्न जातिका संस्कृति झल्किने झाँकी नृत्य प्रदर्शन गर्ने तयारी छ ।
सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ । कोरोना महामारीका कारण विगत २ वर्ष महोत्सव आयोजना गर्न सकिएको थिएन । महोत्सवमा स्थानीय खानाका परिकार, कृषिउपज लगायतका झण्डै ४०० कक्ष रहने बताइएको छ ।
आगामी पुस २ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिमा झण्डै १० करोडको कारोबार हुने संघले जनाएको छ ।