काठमाडौं । आज चिनियाँ राष्ट्रपति सी जिनपिङ ३ दिने भ्रमणका लागि साउदी अरबमा जानुहुने भएको छ ।
सन् २०१६ पछि पहिलो पटक साउदी अरबको भ्रमणमा जान लाग्नुभएका सी चीन–खाडी सहयोग परिषदको शिखर सम्मेलनमा सहभागी हुनु हुने भएको हो । दुई देशबीच करिब ३० अर्ब डलरको ब्यापारिक सम्झौताको तयारी समेत भईरहेको र सीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ मोड दिने दावी साउदी प्रेस एजेञ्सीले गरेको छ ।