मंसिर २१, २०७९ बुधबार

काठमाडौँ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन सय ९४ निवेदन परेका छन् । गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उनीहरूले कार्यालयमा निवेदन दिएका हुन् । अहिले इच्छा कामना र रत्न नगरमा सम्झौताको काम भइरहेको कार्यालयले जनाएको छ । अन्य पालिकामा स्थलगत काम भइरहेको छ ।