मंसिर २१, २०७९ बुधबार

नेपालगन्जबाट हुम्लाका लागि उडेको तारा एयरको जहाजमा चील ठोक्किएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चील ठोक्किएको तारा एयरले जनाएको छ ।

दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ। यद्यपि, जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ। जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना सवार थिए।