काठमाडौँ । सर्वोच्च अदालत पुगेकी सामाजिक सञ्जालमा सक्रिय महिला तारा बरालले वकिलहरुमाथि जुत्ता प्रहार गरेकी छन् ।
जबरामाथिको निलम्बन फुकुवा गर्ने कार्य कानुनविपरीत रहेको भन्दै सर्वोच्च परिसरमा धर्ना दिइरहेका वकिलहरूमाथि उनले जुत्ता प्रहार गरेकी हुन् ।
जबरालाई अदालत छिर्नबाट रोक लगाउने वकिलहरु र अदालत छिर्न दिनुपर्छ भन्ने जबराका समर्थकहरूमा विवाद देखिएपछि बरालले जुत्ता प्रहार गरेकी हुन् । अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले बराललाई नियन्त्रणमा लिएको छ ।