मंसिर २१, २०७९ बुधबार

चितवनको भरतपुर महानगरपालिकामा ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताले शुल्क तिर्नु नपर्ने भएको छ । महानगर प्रमुख रेणु दाहालले मंसिर  महिनादेखि ७ हजार लिटरभन्दा कम पानी उपभोग गर्ने उपभोक्तासँग शुल्क नलिने घोषणा गरेकी हुन् । 


बुधवार भरतपुरमा आयोजित एक कार्यक्रममा मेयर दाहालले खानेपानीको क्षेत्रमा भरतपुर महानगरपालिकाको विभिन्न उपलब्धिहरू हासिल गरेको दाबी गरिन् । उनले दुई वर्षभित्र शतप्रतिशत भरतपुरबासी खानेपानीको पहुँचमा पुग्ने जानकारी पनि दिइन् । सोही लक्ष्यअनुसार काम तीव्रगतिमा भइरहेको उनको भनाइ छ । 

मेयर दाहालले दुई वर्षभित्र थप ४७ हजार नयाँ धार जडान भइसक्ने उल्लेख गर्दै मंसिर महिनादेखि ७ हजार लिटरसम्म खानेपानी प्रयोग गर्ने उपभोक्ताले शुल्क तिर्नु नपर्ने घोषणा गरेकी हुन् ।