मंसिर २१, २०७९ बुधबार

दिल्लीको स्थानीय निर्वाचनमा आम आदमी पार्टीले बहुमत हासिल गरेको छ । 

कुल २५० सीटका लागि भएको म्युनिसिपल कर्पोरेसन अफ दिल्ली एमसीडी चुनावमा आपले १३४ सीट जितेर सुविधाजनक बहुमत ल्याएको छ । 


विगत १५ वर्षदेखि एमसीडीमा सत्तारूढ भारतीय जनता पार्टी १०४ सीटका साथ दोस्रो स्थानमा रह्यो । आपले पहिलोपटक एमसीडी चुनाव जितेपछि समर्थकहरूले खुशियाली मनाएका छन् । भरोसा देखाएको भन्दै दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले दिल्लीवासीलाई धन्यवाद दिएका छन् ।