मंसिर २१, २०७९ बुधबार

चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्क्रिय भएको भन्नेबारे आएको पत्रबारे सर्वोच्च अदालतले संसद् सचिवालयलाई पत्र पठाएको छ ।

यस्तो छ, सर्वोच्चले उठाएका प्रश्न

प्रतिनिधि सभामा मिति २०७८ फाल्गुन १ मा दर्ता भएको महाभियोग प्रस्तावका सम्बन्धमा महाभियोग सिफारिस समितिबाट प्रतिनिधि सभामा पेस भएको भनिएको प्रतिवेदनउपरको कारवाहीको निरन्तरता अहिले कायम छ वा छैन ?

 

उक्त महाभियोग प्रस्ताव तत्कालिन प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको मितिले निष्प्रभावी भएको भनिएको हो?

 

वा निर्वाचन भएको मितिले निष्प्रभावी भएको हो?

 

नयाँ प्रतिनिधि सभामा सो प्रस्ताव पेस हुने वा नहुने के हो?

 

अथवा महाभियोग लागेका सम्माननीय प्रधान न्यायाधीशले निवेदन दिनुभएको मितिले निष्प्रभावी भएको भनिएको हो?

हेर्नुहोस्, पत्र