बैशाख १५, २०७८ बुधबार

काठमाडौं । पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा प्रतियोगितामा चितवन एफसी र बुटवल लुम्बिनी एफसीबीच २-२ गोलको बराबरीमा सकिएको छ । ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्प्रन  खेलको पहिलो हाफ सकिदा बुटवलविरुद्ध चितवनले २-१ को अग्रता बनाएको थियो । कुनै समय दुई शुन्य गोलको अग्रता बनाएको चितवनले उक्त गोलको अग्रता जोगाउन नसक्दा खेलमा अंक बाढ्न बाध्य बनेको हो । 

जारी खेलको १५ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको गोलबाट चितवनलाई १-० गोलको सुरुवाती अग्रता दिलाएका थियो । त्यस्तै खेलको १८औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै चितवनलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ३२ औं मिनेटमा आशिष लामाले गोल गर्दै बुटवललाई २-१ को स्थितिमा ल्याएका छन् । पहिलो हाफमा २-१ गोलले पछि परेको बुटवले दोस्रो हाफको खेलको ६५औ मिनेटमा लक्ष्मण रुचालले बुटवल लुम्बिनीका लागि गोल गर्दै खेल २-२ गोलको बराबरी खेल फर्काउन सफल भयो । उक्त बराबरी सँगै दुबै टोली खेलमा १-१ अंक बाढेका छन । नतिजासँगै २ खेलबाट बुटवलले ४ अंक जोडेको छ । उता बराबरी खेलन बाध्य बनेको चितवनको समान दुई खेलबाट २ अंक मात्र भएको छ ।