बैशाख १५, २०७८ बुधबार

एजेन्सी : युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत सिजन २०२०/२१ को दोस्रो सेमिफाइनलको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले साविको उपविजेता तथा फ्रेन्च क्लब पेरिस सेन्टर जर्मन (पिएसजी) को सामना गर्दैछ ।

नेपाली समयअनुसार आज राति १२:४५ बजेबाट सुरु हुने । उक्त खेल पिएसजीको घरेलु मैदानमा हुनेछ । आजको खेलमा घरेलु टोलि पीएसजी पाहुना टोली सिटीमाथि सहज जित निकाल्दै फाइनल प्रवेश गर्न सम्भावना बलियो बनाउन चाहान्छ । तर पाहुना टोली सिटी पनि घरेलु टोलिमाथि दबाब दिदै खेल आफ्नो पक्षमा पार्ने योजनमा हुनेछ ।

त्यस्तै दुई टोलीबीचको दोस्रो लेगको खेल ५ मेमा सिटीको घरेलु मैदानमा हुनेछ ।