मंसिर २३, २०७९ शुक्रबार

नेपाल बीमा प्राधिकरणले अधिकृतदेखि कार्यालय सहायकसम्मका लागि कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो । 

कर्मचारी सेवा सर्त विनियमावली २०६८ को विनियम १४ बमोजिम आन्तरिक खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले न्यूनतम् योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने प्राधिकरणले जनाएको छ । 

योग्यता पुगेका उमेदवारहरूले पुस २४ गतेसम्म आवेदन दिनसक्ने छन् । दोब्बर दस्तुर तिरेर माघ २ गतेसम्म आवेदन दिन सकिनेछ ।