काठमाडौ : पहिलो संस्करणको खुकुरी नेपाल सुपल लिग (एनएसएल) फुटबल प्रतियोगितामा विराटनगर सिटी एफसीमाथि र पोखर थन्डर्सले १-० गोलको कठिन जित निकालेको छ ।
बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुवै टोली केही सुनौलो अवसर सिर्जना गरे ता गोल भने गर्न सकेनन् ।
तर दोस्रो हाफको खेलको ८३औं मिनेटमा पोखराका लागि नवयुग श्रेष्ठले गोल गरि महत्त्वपूर्ण ३ अंक दिलाए । उक्त जितसँगै पोखराले २ खेलबाट ३ अंक जोडेको छ । यता पराजित विराटनगरको समान खेलबाट समान ३ अंक रहेको छ ।
त्यस्तै भोलि ललितपुर सिटी एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।