एजेन्सी। भारतमा जारी १४ औं संस्करण ईण्डियन प्रिमियर लिग(आईपिएल)मा गय राती सम्पन्न खेलमा चेन्नाई सुपर किंग्स बिजयी भएको छ। दिल्लीको अरुण जेट्ली क्रिकेट स्टेडियममा भएको उक्त खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गरि चेन्नाई अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७१ रन बनायो। उसका लागि कप्तान डेविड वार्नर र मनिस पाण्डेले अर्धशतकिय पारि खेले पनि टिमलाई जित दिलाउन सकेनन्। केन विलियम्सले २६ बनाए। चेन्नाईका लागि लुगीं एंगेडीले २ तथा साम करनले १ विकेट लिए।
१७२ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङमा उत्रिएको चेन्नाईले १८.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्यो। चेन्नाईका ओपनर रितुराज ग्याक्वार्ड र फाप डु प्लेसिसले अर्धशतकिय पारी खेल्दै टिमलाई जित दिलाए।