मंसिर २३, २०७९ शुक्रबार

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार हुने युरेशियन इकोनोमिक सम्मेलनमा भाग लिनका लागि किर्गिस्तान पुगेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पुटिनका विदेश नीति मामिलाका सल्लाहकार युरी युशाकोभले बिहीबार पत्रकारहरूलाई यस सम्मेलनमा प्रान्तीय स्तरमा ग्यासको बजार विकास गर्ने विषयमा छलफल गरिने बताइन् ।

रुसले गत महिना चीनजस्ता अन्य मुलुकमा निर्वाध रुपमा ग्यास पुर्याउन सकियोस् भनेर आफूहरुले कजाकिस्तान र उज्वेकिस्तानसँग ‘ग्यास युनियन’ को सम्भावनाबारे छलफल गरिरहेको जानकारी दिएको थियो । युरेशियन आर्थिक सम्मेलनमा रुसबाहेक आर्मेनिया, बेलारुस, कजाकिस्तान र किर्गिस्तान सहभागी हुनेछन् ।