युगान्डाले बिहीबार इबोला परीक्षण खोपको बाह्र सय मात्रा प्राप्त गरेको छ । युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ एसेङ्गले राजधानी कम्पालाबाट ४० किलोमिटर दक्षिणमा रहेको सरकारी स्वामित्वको ‘नेशनल मेडिकल स्टोर’मा आयोजित कार्यक्रममा विश्व स्वास्थ्य संगठनबाट परीक्षण खोपको बाह्र सय मात्र प्राप्त भएको बताए ।
इबोलाको प्रकोप घट्दै गएको समयमा खोप आएको भए पनि थप प्रकोप भएमा देश तयार छ भनी सुनिश्चित गर्न अनुसन्धान जारी रहने मन्त्रीले बताएका छन् । प्रभावकारिता र सुरक्षा निर्धारण गर्न प्रारम्भिक अध्ययनहरूमा परीक्षण गरिएको युगान्डामा खोप हस्तान्तरण गर्ने डब्ल्यूएचओ कन्ट्री अफिसका घटना प्रबन्धक चार्ल्स नजुगुनाले बताएका छन् ।
सबैभन्दा ठूलो जोखिममा भएकाहरूलाई परीक्षण खोप हस्तान्तरण गरिने र परीक्षणमा सहभागिता स्वैच्छिक र निःशुल्क रहने पनि उनले बताएका छन् ।