मंसिर २३, २०७९ शुक्रबार

संघीय संसद् सचिवालयले सर्वोच्च अदालतले सोधेको प्रश्नको जवाफ दिने तयारी गरेको छ । सचिवालयका महासचिव डा. भरतराज गौतम आन्तरिक परामर्शमा जुटेका छन् । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएपछि सर्वोच्च अदालतले गौतमसँग गत बुधबार जवाफ मागेको थियो ।