मंसिर २३, २०७९ शुक्रबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई दिएको निलम्बन फुकुवा पत्र दिने संसद्का महासचिव भरतराज गौतमलाई अबहेलनामा कारवाही गर्नुपर्ने र हुनुपर्ने भन्दै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले माग गरेका छन् ।

संघीय संसद्का महासचिव गौतमले प्रधान न्यायाधीश जबरालाई दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।