एजेन्सी। भारतमा जारी १४ औं संस्करण ईण्डियन प्रिमियर लिग(आईपिएल)मा आज दुई खेल हुदै छ। आजको पहिलो खेलमा नेपाली समयानुसार दिउसो३:४५ बाट मुम्बई ईण्डियन्स र राजस्तान रोयल्स बिच हुनेछ। समान ५ खेल खेलेका दुवै टोली २ खेलमा जितका साथ अंक तालिकामा मुम्बई चौथो र राजस्तान ७ औ स्थानमा रहेका छन्।
आज नै हुने दोस्रो खेलमा तालिकाको तेस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्स र पाचौ स्थानको कलकत्ता नाईट राईडर्स बिच खेल हुनेछ। खेल अहमदाबादमा नेपाली समयानुसार ७:४५ मा खेल सुरु हुनेछ।