बैशाख १६, २०७८ बिहिबार

एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको बिल्वाओ रियल भालाडोलिडसँग बराबरीमा रोकिएको छ ।

बुधबार राति बिल्वाओको घरेलु मैदान सान मामेस वारियामा भएको खेलमा २-२ गोलको बराबरीमा रोकिदै आंक बाँडेका हुन । खेलमा दुईपटक अग्रता लिएरपनि त्यसलाई जोगाउन नसक्दा एथलेटिको बिल्वाओ बराबरीमा रोकिएको हो ।

बिल्वाओका जोन मोर्सिलो र राहुल गार्सियाले गोल गर्दा भालाडोलिडका फावियन ओरेल्लाना र सोन वेइसमानले बराबरी गोल फर्काएका थिए ।

उक्त बराबरी सँगै ३३ खेलबाट ४२ अंक जोडेको बिल्वाओ ९औ स्थानमा रहेको छ । यता समान खेलबाट भालाडोलिड भने ३० अंकका साथ १७औं स्थानमा रहेको छ ।