काठमाडौं । स्मरण शक्तिका माध्यमबाट ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम दर्ता गराउन सफल भएका डा. नवल पजियारले सही व्यक्तिको पहिचान गर्नुपर्नेमा जोड दिएका छन् ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नक्कली मेमोरी किङहरुले गर्दा वास्तविक मेमोरी किङहरु ओझेलमा परेको टिप्पणी गरेका हुन् ।
जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरमा जन्मिएका डा. पञ्जियारले १९ डिसेम्बर २०२० मा एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर विश्वमा नयाँ कीर्तिमान राख्न सफल भएका थिए । पजियारले पुनः दोस्रोपटक २०२२ मा एक मिनेटमा ५९ शब्दलाई स्मरण गरेर नयाँ किर्तिमान राख्न सफल भएका थिए ।
उनको दोस्रो रेकर्डसँगै उनी संसारकै धेरै मेमोरी राख्न सक्नेमध्ये दोस्रो व्यक्ति भएका छन् । विश्वसामु नेपाललाई चिनाउन गरेको सफल प्रयासलाई सारा जनतालाई जानकारी दिन खोजेको उनले स्पष्ट पारे ।