बैशाख १६, २०७८ बिहिबार

 

काठमाण्डौ।   राष्ट्रिय क्रिकेट टोलीका कप्तान  ज्ञानेन्द्र मल्ललाई पितृ शोक परेको छ । ११ वर्ष पछि टोलीलाई घरमा नै उपाधी दिलाउदाका कप्तान मल्लका बुवा रामकृष्ण मल्लको बिहिबार (आज) बिहान आफ्नै घर भिमसेनस्थानमा मृत्यु भएको हो ।

७८ बर्षिय मल्ल दमको रोग रहे पनि उहा केही दिनअघि सम्म सामान्य नै रहेको बताईएको छ। 

उनको दाह शंस्कार आजै टेकु दोभानमा सम्पन्न भइसकेको छ ।