बैशाख १६, २०७८ बिहिबार

काठमाडौं : दीपक मनाङे भनेर चिनिने मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङ गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गर्दै मनाङेलाई खेलकुद मन्त्री नियुक्त गरेका हुन् । त्यस्तै उनले केही बेरमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

मनाङे 'ए' डिभिजन क्लब नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबका सल्लाहकार समेत हुन् 

 वि.स २०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवार थिए। तत्कालीन एमालेको समर्थनमा उनले निर्वाचन जितेका थिए। मनाङको प्रदेश (ख) बाट प्रदेश सभामा एक हजार चार सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए।