अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।
साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनुहुनेछ । यसै क्रममा भक्तपुर मध्य ठिमी वाड.न ६ का दीपा तामाङले एक लाख जित्नुभएको छ ।
Strom Network Pvt Ltd डिलर अन्र्तरगत रहेको BBHKT3-29 का Madhyapur Dishhome Shop का डिलरमा एक वर्षको रिचार्ज गरेर दीपा तामाङले लक्की ड्रमा सहभागी हुने अवसर पाएकी थिइन्। डिशहोमको तर्फबाट सेल्स अफिसर हरि केसीबाट जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।
बिजेता दीपा तामाङलाई बधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास कम्पनीले लिएको छ ।
लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसकिनेछ ।