मंसिर २५, २०७९ आइतबार

हङकङका अर्बपति मिडिया मालिक जिमी लाइलाई ठगीको आरोपमा झण्डै ६ वर्षको जेल सजाय सुनाइएको छ । अक्टोबरमा गैरकानूनी रूपमा अफिस क्षेत्र सबलेट गरेकोमा दोषी पाइएका लाइले कुनै पछुतो महसुस नगरेको न्यायाधीशले बताए ।


अहिले बन्द गरिएको एप्पल डेली अखबारका संस्थापक ७५ वर्षीय लाइले हालै विरोध प्रदर्शन र अनाधिकृत भेलाहरूमा भाग लिएको कारणले २० महिनाको जेल सजाय पूरा गरेका थिए। राष्ट्रिय सुरक्षाको आरोपमा उनको आगामी सुनुवाइमा उनले सम्भावित आजीवन कारावासको सामना पनि गर्नुपर्नेछ ।