एजेन्सी । युरोपको दोस्रो ठुलो क्लब फुटबल प्रतियोगिता यूईएफए युरोपा लिगमा आज राति सेमिफइनलको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाईडले इटालियन क्लब एस रोमाको सामना गर्दैछ ।
नेपाली समयअनुसार आज राति १२:४५ बजेबाट युनाईटेडको घरेलु मैदानमा हुने । घरेलु टोली पाहुना टोली रोमामाथि सहज जित निकाल्दै फइनल प्रवेशको सम्भावन बलियो बनाउन चाहन्छ । तर पाहुना टोली रोमा पनि घरेलु टोलीमाथि दबाब दिदै खेल आफ्नो पक्षमा पार्न चाहन्छ ।
त्यस्तै यी दुई टोलीबीचको दोस्रो लेगको खेल आगामी मे ७ मा रोमाको घरेलु मैदानमा हुनेछ ।
अर्को इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब भिल्ला रियलसँग खेल्नेछ । भिल्ला रियलको मैदानमा हुने खेल राति १२:४५ बजे सुरु हुनेछ ।