बैशाख १६, २०७८ बिहिबार

 

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा धनगढी एफसी र ललितपुर सिटी एफसीबीचको खेल १-१ गोलको बराबरीमा सकिएको छ । 
निकै रोमाञ्चक बनेको पहिला हाफमा ललितपुरले खेलमा अग्रता लिने अवसर पाएको थियो । जारी खेलको ४४अनै मिनेटमा ललितपुरले पेनाल्टीमा गोल गर्न चुक्यो । उसका लागि नुर्लानको जाहिदले पेनाल्टीमा गोल गर्न सकेनन् । र पहिलो हाफ गोलरहित बराबरीम सकियो ।


त्यस्तै दोस्रो हाफको खेलको ७२औ मिनेटमा धनगढीका अफिज ओलावालेले गोल गरि खेल १ -० गोलको अग्रता दिलाए । तर उक्त अग्रता भने धेरै समय टिक्न सकेन । खेलको ७९औ मिनेटमा ललितपुरका रन्जन विष्टले गोल गरी खेल १ -१ गोलको बराबरी अबस्थामा फर्कए ।
त्यस पछि बाँकी समय थप गोल नहुदा खेल बराबरीम सकियो । उक्त बराबरी सँगै ललितपुर अझै जित विहिन बनेकने छ , उसको ३ खेलबाट २ अंक रहेको छ । यस्तै यता धनगढीको समान खेलबाट ४ अंक रहेको छ ।  निकालेको छ ।