काठमाण्डौ। नेपाली उमेर समुहको राष्ट्रिय टिमलाई प्रतिनिधित्व गरिसकेका हाल भने अस्ट्रेलियामा रहि स्थानिय क्रिकेटमा बलियो रुपमा उपस्थित रहेका सुनम गौतम अस्ट्रेलियाको व्रिसवन प्रिमियर लिग(बिपिएल)मा सहभागीता जनाउने भएका छन्।
बाईसाईड पिराटस् मा अनुबन्ध भएका गौतमसॅंगै यस लिगमा अन्य ठुला नाम गरेका खेलाडी पनि रहेका छन्। उनी ५०००० अस्ट्रेलियन डलरमा अनिबन्ध भएका हुन्। यो लिग आगामी अगस्टमा हुनेछ।
"यस लिगमा टिम पिराटस् मा अनिबन्धन भएको खबरले आफुलाई आफ्नो मेहनेतले एउटा सफलताको बिन्दु भेटेको र यस्ता कयौं सफलता चुम्न म निरन्तर परिश्रम गरिरहने छु" लिगमा चयन भए पश्चात गौतमले नेपाल मार्गसॅंग कुराकानीका क्रममा बताए।