मंसिर २७, २०७९ मंगलबार

राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत संकलनसम्बन्धी काम पुनः सुरु गरेको छ । 

आयोगले आज सार्वजनिक सूचना जारी गर्दै पुनः काम सुरु गरिएको जानकारी दिएको हो । निर्वाचनको घोषणा भएसँगै आयोगले लागत संकलन कार्य रोकेको थियो । 

आयोगले रोकिएको लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाणपूर्जा वितरण कार्य पुनः सुरु गरेको हो ।