अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ को अनुपातमा अर्थात (१ कित्ता सेयर बराबर १ कित्ता सेयर) का दरले साबिकका शेयरधनीहरूलाई प्रति सेयर एक सय रूपैयाँ दरले हुने १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्ध सेवाको लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेड बीच हकप्रद सेयर निष्कासन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि मंसिर २६ गते दुइ पक्षिय सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।
नागरिक लगानी कोषले आफु मुख्य निष्कासन तथा बिक्री प्रवन्धक भई सनराइज क्यापिटल लिमिटेड‚ कमलपोखरीलाई सहनिष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त्त गरेको छ ।