बैशाख १७, २०७८ शुक्रबार

एजेन्सी । युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए युरोपालिगमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले इटालियन क्लब रोमामाथि आधा दर्जन गोल गरेको छ ।

शुक्रबार बिहान सम्पन्न युरोप लिगको पहिलो लेगको खेलमा घरेलु टोली युनाइटेडले पाहुना टोलि रोमालाई ६-२ गोल अन्तरले पराजित गरेको हो । 

घरेलु टोली युनाइटेडको जितमा ब्रुनो फुर्नान्डेस र एडीसन काभानीले २/२ गोल गर्दा पाउल पोग्बा र ग्रीनवुडले समान १/१ गोल गरे । यता पाहुना टोली रोमाका लागि  लोरेन्जो पेल्लेग्रिनी र एडिन डेज्कोले १/१ गोल फर्काए ।

पहिलो हाफमा २-१ गोलले पछि परेको युनाइटेडले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै खेलमा ६-२ गोलको फराकिलो जित निकाल्यो ।

उक्त जित सँगै युनाइटेड फाइनल नजिक पुगेको छ । अब दोस्रो लेगको देल ७ मेमा रोमाको घरेलु मैदानमा हुनेछ ।