मंसिर २७, २०७९ मंगलबार

मधेशी आयोगले थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ। आयोगले मसिंर २० गते बैठक बसी नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८ बाट उपसमूह १ मा रहेको थारू र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष विजयकुमार दत्तले बताए।


थारू र मुस्लिम समुदायका विभिन्न संघसंगठनले थारू र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदायसँग नमिल्ने भएकोले गर्दा मधेशी क्लस्टरमा आफूहरूलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए।

मधेशी आयोगले २०७८०७९ को वार्षिक प्रतिवेदनमार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारू र मुस्लिमसहित १४९ जातलाई मधेशीको रूपमा सिफारिस गरेको थियो।