मंसिर २८, २०७९ बुधबार

नेपाल स्टक एक्सचेञ्जमा आज (मंसिर २८ गते, बुधबार) श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार हुन सकेन । स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच नभएपछि कारोबार हुन नसकेको हो ।

अब आज कम्पनीको सेयर कारोबार हुँदैन ।  स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच भएपछि मात्र रेगुलर कारोबार खुल्ने प्रावधान छ । जस अनुसार अब भोलि (बिहीबार) फेरि स्पेशल प्रि ओपन सेसनमा कम्पनीको कारोबार खुल्नेछ । सो सेसनमा कारोबार भएमा मात्रै नियमित कारोबार हुनेछ ।

हिजो मंगलबार श्रृजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेड (ShLB) को १० लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ)  धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।  कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ३ सय २ रूपैयाँदेखि अधिकतम ९ सय ६ रूपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।