मंसिर २८, २०७९ बुधबार

काठमाडौं । विश्व प्रजातान्त्रिक युवा महासंघको २१ औ साधारण सभामा सहभागी हुन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको केन्द्रीय टोली लेवनान प्रस्थान गरेको छ ।

संसारभरीका झण्डै २०० प्रगतिशील, समाजवादी संगठनहरू आवद्व रहेको World Federation of Democratic Youth, WFDY को २१ औ General Council meeting मध्यपुर्वी देश लेवनानको वेरूइतमा डिसेम्वर १५ देखि २० सम्म हुदैछ । दोस्रो विश्वयुद्ध पछि साम्राज्यवाद विरूद्ध र समाजवादको पक्षमा युवा विद्यार्थीहरूहरूको संघर्षमय अभियान स्वरूप सन् १९४५ मा वेलायतको लण्डनमा WFDY को स्थापना भएको थियो ।

एक देशले अर्को देशमाथि गरिने नागों हस्तक्षेपका विरूद्व संसारभरी आनेदोलन शृजना गरी हरेक मुलुकको सार्वभौमिकता जोगाउन संघर्षरत संगठनमा नेपालवाट युवा संघ र अनेरास्ववियू आवद्व रहदै आएका छन् । यो नै संसारभरीका सामाजिक जागरणमा स्थापित संगठन मध्ये सवै भन्दा ठूलो संगठन हो ।

यो साधारण परिषदवाट संगठनले आफ्नो भावी कार्ययोजना, फेस्टीवलहरूको आयोजना र संगठनको सम्मेलनको मिति तय हुनेछ । नेपाली कम्युनिस्ट आन्दोलनका केही नेताहरू यो आन्दोलनवाट स्थापित भएका छन । योगेन्द्र शाही, उदयराज पाण्डेय लगायत केही नेताहरू नेपालबाट WFDY को उपाध्यक्ष समेत भइसकेका छन् ।

आवद्व भएदेखि निरन्तर सक्रीय सहभागीता जनाउदै आएको अनेरास्ववियूको तर्फवाट यस पटक पनि सहभागी हुन संगठनका अध्यक्ष सुदेश पराजुली, उपाध्यक्षद्वय माधव पन्त, सुदीप शर्मा र महासचिव आरती लामाको टीम लेवनान प्रस्थान गरेको छ । वैठकमा सहभागी नेताहरूले समग्र एसिया र नेपालको प्रगतिशील युवा विद्यार्थी आनेदोलनका चुनौती र उपलव्धीको वारेमा आफ्नो धारणा राख्दै विश्वको प्रगतिशील युवा विद्यार्थी आन्दोलनको आगामी कार्यभारको वारेमा वृहत छलफलमा सगभागी हुनेछन् ।