मंसिर २८, २०७९ बुधबार

सशस्त्र प्रहरी बलका ८ हजार ४ सय जवानको सरुवा गरिएको छ । सरुवाअघि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले देशभरका जवानहरूलाई फारम भराएको थियो । 
 
प्राथमिकता अनुसार फारममा ३ वटा युनिटको नाम लेखाएर माग गरे बमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा सरुवा सशस्त्र प्रहरीका सहायक प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए । 

सीमावर्ती ईलाकाका युनिटहरुमा लामो समय दरबन्दी भएका जवानहरुलाई सीमा इलाका बाहेक अन्यत्र सरुवा गरिएको छ । सरुवाको लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाइ शाखामा आएको गुनासोलाई प्राथमिकतामा राखिएको बताइएको छ । सशस्त्रको मुख्यालयमा ४५ जना जवानले दरबन्दी मागेका थिए । 

सशस्त्रका जवानहरुलाई घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा  सरुवा गरिएको छ ।
श्रीमान श्रीमतीलाई सम्भव भएसम्म एउटै कार्यालयमा सरुवा गरिएको छ । मुख्यालयले फारम भराएर जवानहरुको इच्छा अनुसारको कार्यालयमा  यसअघि सरुवा गरेको थिए ।