काठमाडैं । राजधानीमा जारी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिगमा आज पनि एक खेल हुदैछ । आज हुने खेलम काठमाडौं रेजर्स र पोखरा थन्डर्सबीच साँझ ५ः३० बजे प्रतिस्पर्धा हुदैछ । उक्त खेल त्रिपुरेश्ररस्थित दशरथ रंगशालमा हुनेछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा जारी एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । कोराना महामारी र नेपाल सरकारले जारी गरेको निषेधाज्ञामा पनि यस प्रतियोगिता स्वाथ्य मापदण्ढको पालना गरी संचालन भईरहेको छ ।
त्यस्तै आज हुने खेलमा दुवै टोली दोस्रो जितको खोजीको साथ मैदान उत्रिने छन् । दुवै टोलीको समान ३ खेलबाट समान ३ अंक रहेको छ । तर गोल अन्तरको आधारमा पोखरा चौथौं र काठमाडैं पाँचौं स्थानमा रहेका छ ।
त्यस्तै काठमाडैं विकेश कुथुको कप्तानीमा तथा पोखरा नवयुग श्रेष्टको कप्तानीमा मैदान उत्रिने छन् , दुबै खेलाडी त्रिभुव आर्मी क्लबका हन् ।