मंसिर २९, २०७९ बिहिबार

काठमाडौं महानगरपालिकाले आज २८औँ महानगर दिवस मनाउँदै छ। महानगर दिवसको अवसरमा महानगरपालिकाले आज वसन्तपुरमा मुल समारोह कार्यक्रम आयोजना गर्न लागेको हो । 

२०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा  महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ।

दिवसका अवसरमा महानगरले यसवर्ष सप्ताहव्यापी कार्यक्रम गरेको छ । टेकु दोभानमा नदी सरसफाइ तथा महानगरपालिकाका ५० खुला तथा सार्वजनिक ठाउँमा सरसफाइ भएको छ । त्यस्तै कला संस्कृतिलाई संरक्षण  गर्न  र  त्यसका  बारेमा  जानकारी गराउने उद्देश्यले विभिन्न कार्यक्रम गरिएको  महानगरले जानकारी दिएको छ । 

महानगरले एक सूचना जारी गर्दै आज नियमित सेवा प्रवाह नगर्ने जानकारी पनि दिएको छ ।