मंसिर २९, २०७९ बिहिबार

शिवम् सिमेन्ट्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । 

कम्पनीको आज मंसिर २८ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १ं०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले लाभांश पारित गर्नका लागि पुस २९ गतेका लागि बार्षिक साधारणसभा समेत आह्वान गरेको छ । साथै साधारणसभा तथा लाभांश तथा साधारणसभा प्रयोजनार्थ पुस २० गते १ दिनका लागि बुक्लोज गर्ने निर्णय समेत गरेको छ । 

 उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।