बैशाख १७, २०७८ शुक्रबार

काठमाडौं : राजधानीमा जारी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्स र पोखरा थन्डर्सले बराबरी खेल्दै अंक बाँडेका छन् ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौं र पोखराले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन । खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

पहिलो हाफमा पोखराले बलमा पकड जमाएको थियो । तर, पाएको मौकालाई सदुपयोग गर्न सकेन ।र बाँकी समय गोल नहुदा खेल गोलरहित बराबरीमा सकियो ।

त्यस्तै यस खेलमा पोखराका पदम मोक्तान प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।यताइ मर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका राजन गुरुङ चुनिए । उनले १० हजार प्राप्त गरे छ ।

उक्त बराबरी सँगै काठमाडौंले ३ खेलमा ४ अंक जोडेको छ । यता पोखराले पनि समान खेलबाट समान अंक जोडेको छ ।