एजेन्सी। भारतमा जारी १४ औं संस्करणको गयराती सम्पन्न खेलमा पन्जाव किंग्सले लयमा देखिएको रोयल च्यालेन्जर्स बैंग्लोरमाथी ३४ रनको सहज जित हात पारेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको पन्जावले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १७९ रन बनाएको थियो ।
पन्जावका लागि ओपनर तथा कप्तान केएल राहुलले ९१ रनको बिस्फोटक इनिङ खेल्दा क्रिस गेलले २४ बलमा ४६ रनको तुफानी पारी खेल्दा तल्लो क्रममा ब्याटिङमा आएका हरमनप्रित बाराले १७ बलमा २५ रन बनाउदा बैंग्लोरका कायल जेमिन्सनले २ विकेट हात पार्दा युजवेन्द्र चहल,डेनियल साम्स र साहबाज अहमदले समान १/१ विकेट हात पारे।
अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडियममा १८० रनको लक्ष्य पछ्याएको बैंग्लोर निर्धारीत २० ओभरमा ८ विकेट गुमाउदै मात्र १४५ रनमा रोकिएपश्चात खेल सहज रुपले पन्जावको पक्षमा पुग्यो। बैंग्लोरका लागि बिराट कोहलीले ३४ बल मा ३५ , रजत पाटीदारले ३० बलमा ३१ रन बनाउदा तल्लो क्रममा ब्याटिङमा आएका हर्षल पटेलले १३ बलमा ३१ रन बनाए पनि टोली जित दिलाउन सकेनन्। उता पन्जावलाई सहज जित दिलाउन हरमनप्रित बाराले ३ तथा रवि विष्नोईले २ विकेट हात पार्दा क्रिस जोर्डन,मोहम्मद सामी र राईली मेरिडेथको नाममा १/१ विकेट रह्यो।
यो जित पश्चात पन्जाव पाचौ स्थानमा उक्लदा हार पश्चात बैंग्लोर भने तेस्रो स्थानमा कायम नै रहेको छ ।