बैशाख १८, २०७८ शनिबार

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले भारतसँग जोडिएका २२ वटा नाका बन्द गरेपनि स्थलमार्गबाट घर फर्कन चाहने नेपालीलाई कुनै पनि समस्या नहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

२२ वटा नाका बन्द गर्ने सरकारको निर्णयले स्वदेश फर्किन समस्या हुने हो कि भनेर सामाजिक सन्जालमा चासो व्यक्त गरिएपछि परराष्ट्रमन्त्री ज्ञवालीले सबै नाका बन्द नगरेकाले समस्या नहुने जानकारी ट्वीट मार्फत दिएका हुन् ।