मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
बैंकको हिजो (मंसिर २९ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले यही साउन ९ गते, सोमबारदेखि साउन १२ गते, बिहीबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७३ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५८ हजार ८०३ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
