पुस १, २०७९ शुक्रबार

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । 

कम्पनीको हिजो मंसिर २९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगद गरी कुल १६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा समितिबाट स्विकृत भएर कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

 शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १० वर्षको लाभांश इतिहास यस प्रकारको छ :

१. आर्थिक वर्ष २०६८/६९: आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ४० प्रतिशत बोनस र २.१ प्रतिशत नगद गरि कूल ४२.१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २४ प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरि कूल २५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

५. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा पनि कम्पनीले आफ्ना सेयरधनीहरूलाई ६० प्रतिशत बोनस र ३.१६ प्रतिशत नगद गरि कूल ६३.१६ प्रतिशत नै लाभांश वितरण गरेको थियो ।

६. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २९ प्रतिशत बोनस र १.५३ प्रतिशत नगद गरि कूल ३०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

७. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारको लाभांश वितरण गरेको थिएन ।

८. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारको लाभांश वितरण गरेको थिएन ।

९. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २७.७६९ प्रतिशत बोनस र १.४६२ प्रतिशत नगद गरि कूल २९.२३१ प्रतिशत लाभांश वितरण गरेको छ ।

१०. आर्थिक वर्ष २०७७/७८ : गत आर्थिक वर्षमा भने कम्पनीले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गरेको थिएन ।

639c040ad37b5.JPG