बैशाख १८, २०७८ शनिबार

 

एजेन्सी।  खराब प्रदर्शनका कारण ईण्डियन प्रिमियर लिग(आईपिएल)को अंक तालिकाको  पुछारमा रहेको टिम सनराईजर्स हैदराबादले आफ्नो टिमका कप्तान परिवर्तन गरेको छ।

 केन विलियम्सले डेबिड वार्नरलाई विस्थापन गरि बाकी यस संस्करणको टिमको कप्तानी गर्नेछन्। 

डेविड वार्नर प्रतिबन्धका कारण आईपिएलमा सहभागी नभएकोले २०१९ को १२ औं संस्करणको टिमको कप्तानी गरेका विलियम्स न्युजिल्याण्ड टिमका कप्तान समेत हुन्। 

वार्नरकै कप्तानीमा टोली २०१६ कोसंस्करणमा च्याम्पियन समेत भएको थियो  ।