हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडले आफ्नो बार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको पुस ३ गते बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार बार्षिक साधारणसभा पुस २९ गते अम्रपाली व्यांक्वेट, भाटभटेनी काठमांडौमा बिहान ९ बजेदेखि सुरु हुने छ ।
सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा भने गरेको छैन ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।