बैशाख १८, २०७८ शनिबार

काठमाडैं । राजधानीमा जारी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिगामा बुटवल लुम्बिनी र विराटनगर सिटी एफीले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
शनिबार त्रिपुरेश्रवरस्थित दशरथ रंगशालामा सम्पन्र खेल दुवै टोली २-२ गोलको बराबरीमा रोकिएका हुन । 

खेलमा दुवै चोटी अग्रता लिए ता पनि उक्त अग्रता जोगाउन नसक्दा बुटवल लुम्बिनी विराटनगरसँग अंक बाँडन बाध्य भएको हो । बुटवलका लागि ओमोलाजा नुरिन करिम र लक्ष्मण रुचालले १/१ गोल गरे । विराटनगरका पेड्रो मान्जी र सन्तोष तामाङले १/१ गोल फर्काए ।

त्यस्तै खेलमा विराटनगरका पेड्रो प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच बुटवलका सुमन लामा चुनिए । उनले १० हजार प्राप्त गरे ।

उक्त बराबरीसँगै बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बुटवलले हाल ३ खेलबाट ५ अंक जोडेको छ । बुटवल लिगको दोस्रो स्थानमा रहेको छ ।
विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ । विराटनगर तेस्रो स्थानमा रहेको छ ।